आज  २४ घण्टामा ८५ जनामा काेराेना पुष्टि
        
        
            
                
                SansherOnline
             
             बिहिबार २३, चैत २०७९ ०६:५४
            
         
        
            
                
                 
काठमाण्डाै : पछिल्लाे २४ घण्टामा देशभर ८५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाकाे नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 
यही अवधिमा २७ जना सङ्क्रमित निकाे भएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३ सय ५८ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 
यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे छ ।
                
                
                
                
             
            
         
     
    
 
प्रतिक्रिया