२०८२ बैशाख २१ गते आइतबार
ट्रेन्डिङ
गर्भवती थिइन् चितुवा

बँदेलका लागि थापेको पासोमा परिन चितुवा, पासोले लियो ३ ज्यान

SansherOnline SansherOnline
बुधबार ०१, भदौ २०७९ ०६:२१
बँदेलका लागि थापेको पासोमा परिन चितुवा, पासोले लियो ३ ज्यान

बैतडी । बैतडीमा पासोमा परेर मरेको चितुवा गर्भवती रहेको खुलेको छ। बुधबार विहान दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा उक्त चितुवा फसेको थियो। तर,दिउँसो उद्धार गरेर खोरभित्र राखेपछि चितुवा मरेको डिभिजन वन कार्यालयका बैतडका निमित्त प्रमुख स्याम सुन्दर माझीले जानकारी दिनुभएको छ । 

यद्यपी चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको थियो। तर टोली नपुग्दै चितुवा मरेको थियो। चितुवाको मृत्यु भएपछि शव व्यवस्थापन गर्दा उनी गर्भवती रहेको खुलेको निमित्त प्रमुख माझीले जानकारी दिनुभयो।

शवको पोष्टमार्टम गर्दा उनको पेटमा २ ओटा बच्चा भेटिएका छन्।अहिले जिल्लाको सबै सुरक्षा निकायका प्रमुख सायक प्रमुख जिल्ला अधिकारी डिबिजन बन कार्यालयका  निमित्त कार्यालय प्रमुख स्थानिय र सम्बन्धी सबैलाई रोहवरमा राखी उक्त चितुवाको दहासंस्कार गरी जमिन मुनि गाडीएको छ ।

 

प्रतिक्रिया