बैतडी; बैतडीमा चार दिनदेखि बेपत्ता महिला मृत फेला परेकी छिन्। जिल्लाको सिगास गाउँपालिका वडा नं ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षिया श्रीमती राधीका धामी बिहीवार मृत अवस्थामा फेला परेकी हुन् ।
माघ दुई गते  दिउंँसो  घास काट्न जान्छु भनेर घरबाट निस्केकी राधीका आज थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी स्थानीय खगेन्द्र सिंह धामीले जानकारी  दिएका छन् । 
घाँस काट्न निस्केकी उनी घर नआएपछिे  खोजि कार्य  भइरहेको थियो । स्थनीयले खोज्ने  क्रममा उनलाइ बिवहीवार मृत अवस्थामा भेटेका हुन। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीले  जानकारी दिएको छ।
प्रतिक्रिया