२०८२ असार १६ गते सोमबार
ट्रेन्डिङ

पाटन नगरपालिकाका उपप्रमुख बोहराद्वारा कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणको माग

SansherOnline SansherOnline
सोमबार १६, असार २०८२ ०७:२२
पाटन नगरपालिकाका उपप्रमुख बोहराद्वारा कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणको माग

बैतडी : पाटन नगरपालिकाका नगर उपप्रमुख कमलसिंह बोहरा (अपी) ले कार्यपालिका बैठकहरू जनताका लागि प्रत्यक्ष प्रशारण गरिनुपर्ने माग अघि सारेका छन् । उनीले आइतबार नगर प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेश गर्दै कार्यपालिका बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण हुनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उपप्रमुख बोहराका अनुसार कार्यपालिका बैठकहरूमा लिइने निर्णयहरू नागरिकहरूसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले ती निर्णयहरूको पारदर्शिता आवश्यक छ । कार्यपालिका बैठकहरूमा लिइने निर्णयहरू कतिपय विवादित बन्दै आएका छन्। यसले जनतामा असन्तुष्टि बढाइरहेको छ । त्यसैले अबदेखि यस्ता बैठकहरू प्रत्यक्ष प्रशारण गर्नु जरुरी छ । 

बोहराले प्रशासकीय अधिकृतलाई बुझाएको निवेदनमा उल्लेख गरिएको छ । उनले जनताको सूचनाको हकलाई सम्मान गर्दै सबै निर्णय प्रक्रिया खुला र पारदर्शी बनाउन आग्रह गरेका छन् । उपप्रमुख बोहराको यो पहललाई स्थानीय तहमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने सकारात्मक प्रयासका रूपमा हेरिएको छ । अब नगरपालिकाले उक्त मागलाई कस्तो रूपमा लिन्छ भन्ने चासो नागरिकमा बढेको छ ।

प्रतिक्रिया