२०८२ असार ०४ गते बुधबार
ट्रेन्डिङ

पुर्चौडीमा वित्तीय साक्षरतासम्बन्धी ५ दिने तालिम सुरु

SansherOnline SansherOnline
बुधबार ०४, असार २०८२ ०४:२९
पुर्चौडीमा वित्तीय साक्षरतासम्बन्धी ५ दिने तालिम सुरु

बैतडी : पुर्चौडी नगरपालिका वडा नं. १ स्थित कमलविशाल पार्क सभाहलमा ‘वित्तमा पहुँच (वित्तीय साक्षरता)’ सम्बन्धी पाँच दिने क्षमता विकास तालिमको औपचारिक उद्घाटन गरिएको छ । तालिम उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष गणेश ब. गडालको सभापतित्वमा नगर प्रमुख दीपक ब. बम प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

नगर उपप्रमुख मिना धानुक विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशी, नगर प्रवक्ता धिरेन्द्र बम, वडा नं. २ का अध्यक्ष चक्र बम, ग्लोबल आइएमई बैंक हाटका शाखा प्रमुख पुष्पराज घिमिरे, एस.पी. टेक्निकल एण्ड म्यानेजमेन्ट प्रा.लि. का अध्यक्ष विष्णु दत्त जोशी तथा संयोजक टेकराज जोशी लगायतको उपस्थिति रहेको थियो । तालिममा पुर्चौडी नगरपालिकाभित्रका विभिन्न वडाबाट छनौट गरिएका २६ जना सहभागीहरूलाई वित्तीय साक्षरता, बचत, लगानी, बैंकिङ पहुँच र आर्थिक योजना बनाउने सम्बन्धमा सीप अभिवृद्धि गरिनेछ ।

पाँच दिनसम्म सञ्चालन हुने तालिम पुर्चौडी नगरपालिकाको आयोजना र एस.पी. टेक्निकल एण्ड म्यानेजमेन्ट प्रा.लि. धनगढीको सहजिकरणमा भइरहेको हो । कार्यक्रमका विषयमा जानकारी दिंदै फील्ड सहायक प्राविधिक दिनेश धनुषेले सहभागीहरूको सक्रियता र सिकाइ प्रक्रियाबाट दीर्घकालीन वित्तीय व्यवहारमा सुधार आउने विश्वास व्यक्त गरे । संयोजक टेकराज जोशीले तालिमले स्थानीयहरूमा वित्तीय निर्णय क्षमताको अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा राखिएको बताए ।

प्रतिक्रिया