बैतडी : बैतडीको पाटन नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। बुधबार पाटन नगरपालिका–६ वेडौटी नजिक दुर्घटना भएको हो।दुर्घटनामा परी ३० वर्षीय ट्याक्टर चालक पोखी राम चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक नवराज साउँदले जानकारी दिए।
चालक चौधरीलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। पाटन नगरपालिकाको एम्बुलेन्स घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया