२०८२ असार ०३ गते मङ्गलबार
ट्रेन्डिङ

वित्थडचिर गाउँपालिकामा प्रधानाध्यापकहरूको क्षमता विकास तालिम सुरु

SansherOnline SansherOnline
मङ्गलबार ०३, असार २०८२ ०९:४१
वित्थडचिर गाउँपालिकामा प्रधानाध्यापकहरूको क्षमता विकास तालिम सुरु

बझाङ : विद्यालयमा सुशासन प्रभावकारी व्यवस्थापन र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा प्रधानाध्यापकहरूका लागि क्षमता विकास तालिम सुरु भएको छ । विद्यालय खानपान कार्यक्रम अन्तर्गत प्रारम्भिक तह सिकाइ कार्यक्रम (ईजीएलपी–एसएमपी) मार्फत सञ्चालन गरिएको उक्त तालिम साउन २ गतेदेखि ४ गतेसम्म तीन दिनसम्म सञ्चालन हुँदैछ ।

तालिममा वित्थडचिर गाउँपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको छ । उनीहरूलाई विद्यालय व्यवस्थापन शैक्षिक परामर्श, नेतृत्वदायी क्षमता र सुशासनसम्बन्धी विषयमा केन्द्रीत गरी प्रशिक्षण दिइँदैछ । उक्त तालिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अमेरिकी कृषि विभाग (USDA) विश्व खाद्य कार्यक्रम (WFP) वर्ल्ड एजुकेसन र नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएको हो ।

तालिमका बारेमा जानकारी दिँदै बझाङ शाखाका ईजीएलपी कार्यक्रम अधिकृत पदम ब. धामीले भने यो तालिम वित्थडचिर गाउँपालिका र साईपाल विकास समाजको सहकार्यमा सञ्चालन गरिएको हो। यसले विद्यालयको समग्र व्यवस्थापन सुधार गर्ने शिक्षकको नेतृत्वदायी भूमिकालाई सबल बनाउने र बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छौं ।

तालिमपछिको अभ्यासलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न र निरन्तर सुधारका लागि अनुगमन तथा प्राविधिक सहयोग पनि उपलब्ध गराइने कार्यक्रम आयोजकहरूले जनाएका छन् ।

प्रतिक्रिया