बैतडी : दशरथचन्द नगरपालिकाले सञ्चालनमा ल्याएको नगर बस सेवा अझ प्रभावकारी र जनमैत्री बनाउन सुझावसहित स्वतन्त्र विद्यार्थी युनियन जगन्नाथ बहुमुखी क्याम्पसले नगरप्रमुखसँग विशेष छलफल गरेको छ ।
छलफलमा नगर भित्र र वरपरका क्षेत्रमा सार्वजनिक यातायात सेवा जनसुलभ, भरपर्दो र प्रभावकारी बनाउने विषयमा गहन विचार विमर्श गरिएको युनियन अध्यक्ष रोशन भट्टले जानकारी दिए । त्यसैगरी, जगन्नाथ बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन बहुउद्देश्यीय खेलकुद मैदानको गुणस्तर सुनिश्चित गर्न पनि स्वतन्त्र विद्यार्थी युनियनले महत्वपूर्ण पहल गर्दै आएको छ ।
यस सम्बन्धमा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइएको छ । युवाहरूको शारीरिक विकास र प्रतिभा प्रस्फुटनका लागि गुणस्तरीय खेल संरचना अपरिहार्य छ । त्यसैले निर्माणको हरेक चरणमा पारदर्शिता र गुणस्तर कायम हुनुपर्छ अध्यक्ष भट्टले बताए ।
स्ववियुको पहलमा निर्माणाधीन संरचनामा गुणस्तर कायम राख्नका लागि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समन्वय समितिको समेत ध्यानाकर्षण गराइएको छ। विद्यार्थी युनियनले स्थानीय विकासमा निगरानी सुझाव र सरोकार जनाउने काम निरन्तर जारी राख्ने जनाएको छ ।
प्रतिक्रिया