बैतडी : सामुदायिक विद्यालयहरूबाट अझै पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको भन्दै नेविसंघ बैतडीले विरोध जनाएको छ । सोमबार नेविसंघका कार्यवाहक अध्यक्ष अमरबहादुर टेर नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरोकारवाला निकायहरूमा ज्ञापनपत्र बुझाएको हो ।
संविधानले सुनिश्चित गरेको निशुल्क शिक्षाको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने मागसहित शिक्षा विकास तथा समन्वय इकाइ, दशरथचन्द नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयहरूमा समेत ज्ञापनपत्र बुझाइएको अध्यक्ष टेरले जानकारी दिए ।
जिल्लाका धेरैजसो सामुदायिक विद्यालयहरूले विविध नाममा शुल्क लिइरहेका छन् । नियमविपरीत लिइने यस्ता शुल्क रोक्न हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हौं अध्यक्ष टेरले भने। ज्ञापनपत्रमार्फत नेविसंघले यदि तत्काल शुल्क लिने कार्य रोकिएन भने आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया