२०८२ बैशाख १९ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा गोली प्रहार गरी हत्या गर्ने आरोपी पक्राउ

SansherOnline SansherOnline
शुक्रबार २३, फागुन २०८१ ०३:५८
बैतडीमा गोली प्रहार गरी हत्या गर्ने आरोपी पक्राउ

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँमा गोली प्रहार गरी युवकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। शनिबार राति २५ वर्षीय सुरेन्द्र विष्टको हत्या गरी फरार रहेका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले भारतको धार्चुलाबाट पक्राउ गरेको हो। उनी भाइ नाता पर्ने सुरेन्द्रको हत्या गरेर भरुवा बन्दुकसहित फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार, फरार विष्टलाई मोबाइल लोकेसनको आधारमा पत्ता लगाएर पक्राउ गरिएको हो।भारतीय सीमा क्षेत्र प्रयोग गर्दै भागेका उनलाई धारचुला नजिकै नियन्त्रणमा लिइएको हो। हाल उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ। लेनदेन विवादमा हत्या प्रहरी अनुसन्धानअनुसार, सुरेन्द्र विष्ट यातायात व्यवसायी थिए, र कर्णबहादुरसँग उनको ४० हजार रुपैयाँ असुल गर्न बाँकी रहेको थियो। यही लेनदेन विवादका कारण शनिबार राति करिब ८ बजे घर नजिकैको होटलमा खाना खाइरहेका बेला कर्णबहादुरले उनलाई गोली प्रहार गरेका थिए।

स्थानीयबासीले गम्भीर घाइते भएका सुरेन्द्रलाई जिल्ला अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हतियार ओसारपसारमा संलग्न आरोपी प्रहरीका अनुसार, कर्णबहादुर विष्ट शिकारी हुन्, र उनी यसअघि पनि जंगलमा लामो समय बस्ने गरेका थिए। उनी अवैध हातहतियार ओसारपसारको मुद्दामा समेत संलग्न व्यक्ति रहेको खुलेको छ।

घटनापछि भरुवा बन्दुकसहित फरार रहेका उनलाई प्रहरीले इन्काउन्टरको योजना समेत बनाएर पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया